मुख्‍यमन्‍त्री कार्यालय अगाडि विद्यार्थीहरूकाे प्रदर्शन

२७ माघ, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्‍यामा संलग्‍नलाई कारबाहीको माग गर्दै मुख्‍यमन्‍त्री कार्यालयअगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । धनगढीस्‍थित मुख्‍यमन्‍त्री कार्यालयअगाडि मंगलबार दिउँसो विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

धनगढीको मूख्य सडक अवरुद्ध गर्दै उनीहरूले मुख्यमन्त्री कार्यालय घेराउसमेत गरेका छन् । ‘दोषीलाई फाँसी दे’, नारी राष्ट्रपति तर पनि महिला हिंसा किन यति ? भन्‍दै नारासमेत लगाएका थिए ।

बलात्कारपछि हत्या भएको अवस्‍थामा बिहीबार भट्टको शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्टले पनि उनको बलात्‍कारपछि हत्‍या भएको पुष्टि गरेको छ । तर, शव भेटिएको एक साता हुनै लाग्‍दा पनि उनको बलात्‍कार हत्‍यामा संलग्‍नको पहिचान हुन सकेको छैन ।

[sidebar name="button post"]