Ad #144479

आजका मुख्य समाचारमा

मन्त्रिपरिषद पुनर्गठन, साढे ६ बजे मन्त्रीहरुको सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । शुक्रबार बेलूकी बस्ने मन्त्रिपरिषद बैठकले नयाँ मन्त्रीको टुंगो लगाउनेछ । तर केही व्यक्तिको नाम भने यसअघि नै चर्चामा आएको छ ।

संसद् विघटन : कारण देखाऊ आदेश जारी

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।

संसद विघटन विरुद्ध प्रचण्ड-नेपाल माइतिघरमा

शुक्रबार माइतिघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनीहरुले ‘हामी यहाँ छौं’ नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।

अब तरकारी बजारमा क्युआर कोडमार्फत भुक्तानी

देशभरका तरकारी बजारमा तरकारी खरिद गर्न अब क्युआर कोडमार्फत सकिने भएको छ । नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडमार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको हो ।

अनेरास्ववियुका संयोजक महरलाई कारवाही

 नेपाल कम्युनिस्‍ट पार्टी नेकपाको विभाजन विद्यार्थी संगठनमा पनि देखिएको छ । शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई कारवाही गरेको घोषणा गरेको छ ।

नेविसंघद्धारा सर्वोच्च अदालत अगाडि प्रदर्शन

 नेपाली कांग्रेसको भातृ संस्था नेविसंघले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दामा सुनुवाई भइरहेका बेला नेविसंघले प्रदर्शन गरेको हो ।

साढे पाँच लाख ५६ निजी आवास पुनःनिर्माणकाे अन्तिम चरणमा

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाँच लाख ५६ हजार ४८७ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणका लागि सात लाख ९६ हजार २४५ लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

झण्डै १० महिनापछि फिल्म हल खुल्दै : कसैको समर्थन, कोहि भन्छन् हल सुरक्षित हुँदैन

झण्डै १० महिना बन्द फिल्म हल आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले फिल्म हल सञ्चालन गर्न कुनै चासो नदेखाएको भन्दै हल सञ्चालकले आफै खुलाउने निर्णय गरेका हुन् । कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखेर भौतिक दूरी र स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाउने उनीहरुले बताएका छन् ।

विद्यार्थी अस्मिता अधिकारी : सय रुपैयाँमा अध्ययन गराउने समता स्कुलदेखि करोड शुल्क लाग्ने आइग्लोनसम्म

चितवनकी अस्मिता अधिकारीले विश्वकै महंगो कलेज स्वीट्जरल्याण्डको आइग्लोनमा छात्रवृत्तीमा पढ्ने अवसर पाउनुभएको छ । उहाँ पढ्न जाँदै गरेको कलेजको बार्षिक शुल्क मात्रै एक करोड रुपैयाँ बढी छ । विद्यार्थी अस्मिता अधिकारी सय रुपैयाँमा अध्ययन गराउने समता स्कुलदेखि करोड शुल्क लाग्ने आइग्लोनसम्म पुग्न सफल हुनुभएको हो ।

बजारमा खाने तेलको मूल्य मनपरी तर अनुगमन शून्य

बजारमा खानेतेलको मूल्य बढेपनि सम्बन्धित निकाय भने मुकदर्शक बनेको छ । बजारमा भटमास र सूर्यमुखीको विभिन्न ब्राण्डका तेलको मूल्य मनपरी ढंगले बढ्दा पनि अनुगमनकारी निकाय मुकदर्शक बनेको हो ।

राजनीतिक घटनाक्रमले ओझेलमा उखु किसानको आन्दोलन 

प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १० दिनदेखि आन्दोलनरत छन् ।

क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस डे पर्व मनाउँदै

१० पुष, काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी हुँदा अढाई करोडको क्षति

जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो ।

आजकाे माैसम : तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको जनाएको छ । महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसमा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको हो ।

नेपाली बजारमा उकालो लाग्यो सुनको मूल्य

निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले १ सयले बढेको छ ।

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भोली आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले हुने

पाँचौँ आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार हुने भएको हो ।

नेपाल–भारत सीमा नाका बन्द हुँदा असर राजश्वमा

कोरोनाको प्रभाव तथा विगत लामो समयदेखि नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जाँच चौकी ‘आइसिपी’ ले चालू आर्थिक वर्षको मङ्सिर महिनासम्म लक्ष्यभन्दा ११ प्रतिशतले कम राजश्व उठाएको छ ।

महिलाले प्रहरी चौकीमा उजुरी गर्न जाँदा प्रहरीले उल्टै बलात्कार गरेपछि

पाँच पुरुषद्वारा बलात्कारको शिकार बनेकी महिलालाई प्रहरी चौकीमा उजुरी गर्न जाँदा प्रहरीले उल्टै बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मृत्यु ?

 पछिल्लो २४ घण्टा यात नेपालमा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टा यता नेपालमा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

अचम्मको रेस्टुरेन्ट सुन्दा पत्यार नलाग्न सक्छ

बाँच्नु पर्छ अनेक किसिमका चिज देख्न पाहिन्छ । सुन्दा नपताउने, देख्दा अचम्म लाग्ने रेस्टुरेन्टको बारेमा हामी कुरा गर्दैछु । अहिले यस्तै जापानमा रुखमा रेस्टुरेन्ट बनाइएको छ जसको नाम हो ‘नहा हार्बर डिनर’ ।

पुस २७ गते राप्रपाले पृथ्वीजयन्ती मनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने भएको छ । अध्यक्ष डा प्रकाशचन्द्र लोहनीका अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले ‘राष्ट्रिय एकता दिवस’का अवसरमा  कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे प्रकाश पार्न  देशभर औपचारिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।