महिलाले प्रहरी चौकीमा उजुरी गर्न जाँदा प्रहरीले उल्टै बलात्कार गरेपछि

१० पुस, एजेन्सी ।  पाँच पुरुषद्वारा बलात्कारको शिकार बनेकी महिलालाई प्रहरी चौकीमा उजुरी गर्न जाँदा प्रहरीले उल्टै बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

यो घटना भारतको जलालाबाद प्रहरी चौकीको हो । ३५ वर्षीया एक महिलाले ३० नोभेम्बरमा पाँच जनाले आफूलाई जबरजस्ती खेतमा लगेर सामूहिक बलात्कार गरेको बताएकी छन् ।

प्रहरीले उजुरी दर्ता गर्ने बाहनामा नजिकैको कोठामा लिएर आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी छिन्।

पीडित महिलाका अनुसार आफूले बलात्कारमा परेको घटनाबारे गुनासो गर्न जाँदा उल्टै प्रहरी सव इन्सपेक्टरले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

 एसपी सञ्जयकमाुरले आरोप गम्भीर भएकाले प्रहरीले संवेदशीलताका साथ छानबिन गरिरहेको बरेलीका एडीजी अविनाश चन्द्रलेबताएका छन् ।

प्रहरीले सबै कोणबाट प्रहरी र महिलामाथि नै अनुसन्धान गरिरहेको छ ।

[sidebar name="button post"]