Ad #144479

१० पुष, काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टी नेकपाको विभाजन विद्यार्थी संगठनमा पनि देखिएको छ । शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई कारवाही गरेको घोषणा गरेको छ । संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरिएको विज्ञप्ती तामाङले शुक्रबार जारी गरेका छ्न ।

संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महरलाई गरिएको कारबाहीलाई अनुमोदन गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ । ओलीले संसद विघटन गरेर फुटलाई औपचारिकता दिएपछि प्रचण्ड र माधव नेपाल समूह विभाजित बनेको हो ।

यसैको असर सोझै विद्यार्थी संगठनमा परेपछि तामाङले महरलाई कारवाही गरेर अनेरास्ववियुमा पनि फुट शुरु गरेका हुन् ।