Ad #144479

१० पुष, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेविसंघले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दामा सुनुवाई भइरहेका बेला नेविसंघले प्रदर्शन गरेको हो ।

सर्वोच्च अदालत हामी नजिकबाट नियालिरहेछौं भन्ने प्ले कार्डसहित नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी, कर्ण ओली, करूणा सागर सिग्देल, अर्बत खड्का र राकेश शिवाकोटीलगायतलाई प्रहरीले पक्राउ गरेको छ।

नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले पक्राउ परेका नेविसंघ कार्यकर्तालाई विनाशर्त तुरून्त रिहाइ गर्न माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेपछि सरकारको सर्वत्र विरोध भइरहेको छ ।