आजको मुख्य समाचारमा
तत्काल नियमित अधिवेशन बोलाउन नेकपाका बहुमत सांसदकाे माग
सत्तारुढ नेकपाका बहुमत सांसदले तत्काल संसदको नियमित अधिवेशन बोलाउन माग गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद बैठक बोलाउन माग गरेको हो ।
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टा नेपालमा थप ७४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।
सानेपामा कांग्रेस सर्वदलीय बैठक सुरु
संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ । बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् ।
२४ घण्टा यात नेपालमा कोरोना संक्रमणबाट कति मृत्यु ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९५ पुगेको छ ।
अदालतले मेराे कदम उल्ट्याउन सक्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले आफ्नो कदम अदालतले उल्ट्याउन नसक्ने बताएका छन् । आफू निकट सांसदहरुको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै ओलीले बाध्य भएर चालिएको संसद विघटनको कदम अदालतले उल्ट्याउन नसक्ने दाबी गरेका हुन् ।
पुस ८ गते जसपाले देशैभर प्रदर्शन गर्ने
जनता समाजवादी पार्टीले पुस ८ गते देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा सबै जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्ने निर्णय भएकाे जसपाले जनाएकाे छ ।
हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ : निवर्तमान पर्यटनमन्त्री
निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताउनुभएको छ ।
सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १३ वटा रिट
संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएको छ । आइतबार र सोमबार गरी सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका हुन् ।
सरकारको निर्णय विरुद्ध बहुमत पुर्याउने प्रचण्ड र नेपालको तयारी
नेकपाका नेता तथा सांसदले संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध प्रतिनिधिसभामा बहुमत जुटाउने प्रयास थालेका छन् । प्रतिनिधिसभा ब्युताउनका लागि १३८ जना सांसद चाहिन्छ ।
पठाओमा फेरि लफडा : कमिसन घटाउन माग, चालकहरु आन्दोलित !
राइड सेयरिङ एप पठाओका चालकहरु आन्दोलित भएका छन् । कम्पनीले लिने कमिसन घटाउन माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । सोमबार उनीहरुले काठमाडौंको यूएनपार्कमा जम्मा भएर कमिसन घटाउन माग गर्दै आन्दोलन थालेका हुन् ।
टिकटक बनाउँदा झुलेङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मुत्यु
टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएर गम्भीर घाइते भएको युवकको आज मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा दंगिशरण गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा लडेका हुन् ।
बानेश्वरमा प्रचण्ड–समूहका निवर्तमान सांसदहरुको भेला सुरू
पुष्पकमल दाहाल प्रचण्ड–समूहका निवर्तमान सांसदहरुको भेला सुरू भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरिएपछि आफ्ना पक्षका विघटित संसद्का सांसदहरूसँग छलफल गर्न नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहको भेला बानेश्वरमा भएको हो ।
नेकपा केन्द्रिय कमिटी बैठक : एउटा बालुवाटार, अर्को बबरमहलको कार्की ब्यांकेट !
सत्तारुढ नेकपामा निर्णायक भीडन्तका रुपमा केन्द्रिय कमिटी बैठक हुने भएको छ । दुवै पक्षले मंगलबार बैठक बोलाएपछि केन्द्रिय कमिटीमा निर्णायक भीडन्त हुने भएको हो ।
गोकर्णका युवालाई स्वरोजगारमूलक तालीम
गोकर्णेश्वर नगरपालिका र काठमाडौँ युनेस्कोको संयुक्त आयोजनामा नगर क्षेत्रका युवालाई स्वरोजगारमूलक तालीम दिइएको छ । गोकर्णस्थित यज्ञडोल ९जगडोल० सामुदायिक सामुदायिक वन क्षेत्रमा आयोजना गरिएको तालीममा मोबाइल मर्मतमा १८ र फर्निचरका सामग्री निर्माणमा १२ जना सहभागी भएका थिए ।
सरकारले दूरगामी महत्वका काम गरेको छ : प्रधानमन्त्री [ पूर्ण पाठसहित ]
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताउनुभएको छ ।
१३ थान भरुवा बन्दुक बरामद
नेपाल प्रहरीले विभिन्न स्थानबाट १३ थान भरुवा बन्दुक बरामद गरेको छ । बाग्लुङस्थित विभिन्न स्थानबाट आइतबार दिउँसो १३ थान भरुवा बन्दुक बरामद गरेको हो।
प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।
सिंहदरबारबाट संसद विघटनविरुद्ध प्रदर्शन गर्ने पक्राउ
संसद विघटनविरुद्ध प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार सिंहदरबारअघि प्रदर्शन गर्न पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसको विरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ ।
नेकपाका शीर्ष नेता कानुनविज्ञसँग छलफलमा
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाका शीर्ष नेता कानुनविज्ञसँग छलफल गरिरहेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले संविधानविद् तथा कानून व्यवसायीहरुलाई बोलाएर छलफल गरिरहेका हुन् ।
आज सुन प्रतितोला ९ सयले उकालो
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।
आज जसपाको कार्यकारिणी बैठक बस्दै
संसद् विघटनलगायत पछिल्लो घटनाक्रमहरुबारे छलफल गर्न जनता समाजवादी पार्टी ‘जसपा’ ले कार्यकारिणी बैठक बोलाएको छ । बैठम १ बजे बस्ने भएको छ ।
प्रचण्डले अनुशासनको कारबाहीका लागि ओलीसँग मागे स्पष्टिकरण
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीसँग स्पष्टिरण मागेका छन् । प्रतिनिधि सभा विघटन गरेर चौतर्फी आलोचना खेपिरहेका कामचलाउ ओलीसँग प्रचण्डले विज्ञप्ति जारी गर्दै अनुशासनको कारबाहीका लागि स्पष्टिकरण माग गरेका हुन् ।
ओली निकट सांसदहरुको बैठक बालुवाटारमा शुरु
प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि सहभागि छन् ।
पहिलो पटक सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन !
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो ।
मुला खाँदा स्वास्थ्यको लागी हुन्छ यस्ता फाइदै फाइदा
मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन ।
मन्दिर खुलेसँगै पशुपति क्षेत्रमा बढ्न थाल्यो चहलपहल, ५ दिनमै तीन लाख भेटी जम्मा
नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् ।












