Ad #144479

६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो कदम अदालतले उल्ट्याउन नसक्ने बताएका छन् । आफू निकट सांसदहरुको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै ओलीले बाध्य भएर चालिएको संसद विघटनको कदम अदालतले उल्ट्याउन नसक्ने दाबी गरेका हुन् ।

साथै उनले आफूलाई कारवाही गर्ने कुरा पनि हावादारी भएको टिप्पणी गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आफूलाई अनुशासनको कारवाही गर्ने हल्ला हल्ला मात्रै भएको बताएका हुन् । आफूलाई कुनै हालतमा नेकपाले कारवाही गर्न नसक्ने ओलीको ठहर छ ।

उनले आफ्नो हस्ताक्षर नभएको कुनै निर्णयले बैधता नपाउने भन्दै प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने पनि दाबी गरे । प्रचण्डले भन्दा आफूले १० वर्षअघि पार्टी सदस्यता लिएको भन्दै प्रचण्डबाट कारवाही भोग्ने कुरा सम्भव नभएको उनको दाबी छ ।

कारवाहीका नाममा आफूलाई यसअघि सीपी मैनाली र राधाकृष्ण मैनालीले थुप्रैपटक गरेपनि सफल नभएको ओलीको दाबी छ ।