Ad #144479

६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सुर्य थापाका अनुसार उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्ने भएका छन् । ओलीले मंगलबार बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।