एजेन्सी । मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन ।
मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ ।मुलाका फाइदाहरु यस्ता छन्,
- मुला काँचै वा यसका पातको तरकारी बनाएर खाएमा, पाइल्समा रोगीलाई फाइदा पुग्छ ।
- मुलाको सेवनले मधुमेह भएकाहरुलाई समेत लाभ हुन्छ।
- भिटामिन सी र फोलिक एसिड पाइने भएकाले मुला मुटुलाई फाइदाजनक हुन्छ ।
- मुलाको नियमित सेवनले पित्त रसको उत्पादन बढाउँछ साथै लिभरको सुरक्षा गर्दछ ।
- मुलाले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
- रगतमा पोटासियमको मात्रा सप्लाइगर्ने भएकाले यसले रक्तचाप सन्तुलित राख्दछ ।
- मुलामा मुटुलाई प्रभावकारी रुपमा काम गराइ राख्न सहयोग गर्ने एन्थोसाइनस हुन्छ ।
- नियमित बिहान उठ्ने बित्तिकै मुला खाएमा जण्डिसमा समेत लाभ मिल्दछ ।
- मुलामा हुने भिटामिन सी, जिङ्क र फसफोरसले छाला सुख्खा हुनबाट नियन्त्रण गर्दछ ।
- मुलाको सेवनले राता रक्तकोषलाई मर्नबाट जोगाउँछ र रगतमा अक्सिजनको मात्रा भर्दछ ।
[sidebar name="button post"]










