६ पुष, काठमाडौं । जनता समाजवादी पार्टीले पुस ८ गते देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा सबै जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्ने निर्णय भएकाे जसपाले जनाएकाे छ ।
ओली सरकारले गरेका असंवैधानिक, अलोकतान्त्रिक, प्रगतिगमनकारी हर्कतका विरूद्ध प्रदर्शन गर्ने भएकाे छ । थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक पुन: बस्ने जसपाले जनाएकाे छ ।












