Ad #144479

६ पुष, काठमाडौं । संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ ।

बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् ।

कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशशरण महतलगायत सहभागी छन् ।  जनता समाजवादी पार्टीका नेताहरू बैठकमा पुग्दै रहेको स्रोतले जनाएको छ ।