Ad #144479

६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाका शीर्ष नेता कानुनविज्ञसँग छलफल गरिरहेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले संविधानविद् तथा कानून व्यवसायीहरुलाई बोलाएर छलफल गरिरहेका हुन् ।

नेताहरुले संसद विघटनलाई असंवैधानिक भनिरहेका बेला कानुन विज्ञहरुले पनि संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताइरहेका छन् । तर पनि प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपति अनुमोदन गरेपछि आइतबार नै संसद विघटन भइसकेको छ ।

यद्यपी कानुनविदसँग कुरा गरेर सभामुखलाई विशेष भूमिका दिलाएर भएपनि संसद सुचारु गर्ने पक्षमा प्रचण्ड, माधव नेपाल लगायतका नेताहरु रहेका छन् ।