आजका मुख्य समाचारमा
नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ।
म्यानमार सैनिकको पेज सामाजिक सञ्जाल फेसबुकले बन्द गरिदिएको छ। फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ।
सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।
नेपाली बालिकाको भारतमा सामूहिक बलात्कारपछि हत्याभारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ । बालिकाको हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेका ९ जना आरोपीहरुले आत्मसर्पण गरेका छन् ।
संगठनात्मक संरचनालाई पूर्णता दिन नेकपा प्रचण्ड–माधव समूहले ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका हुन् ।
अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।
कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । पाल्पा जिल्लामा पनि यो कार्यक्रम सञ्चालनमा त छ तर कार्यान्वयन भएको छैन ।
शनिबार साँझ पश्चिम रुकुममा नेकपा ओली समूहले जिल्ला पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड-माधव समूहले आइतबार खोलेको छ ।
भारतबाट १० लाख डोज कोरोना खोप काठमाण्डौ आइपुगेको छ । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप आइतबार दिउँसो एयर इन्डियाको विमानबाट ‘कोभिशिल्ड’ खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
अत्तरखेल युवा समाज एउटा नाफारहित सेवामा समर्पित सामाजिक संस्था हो । सामाजिक काममा सक्रिय यो संस्था २०७४ सालमा आधिकारीक रुपमा दर्ता भएको हो ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि विज्ञापन खुला गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन खुलाएको हो ।
वीरगंजमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकस्थित भारतको रक्सौल घर भएका मुन्ना आलमको गाडीको सिट बनाउने पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएकाे हाे ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिनुभएको छ । आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिनुभएको हो ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ ।
सरकारले शिक्षकलाई आगामी २३ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार बसेको सचिव, विशेषज्ञ तथा महाशाखा प्रमुखसहितको बैठकले प्राध्यापक, शिक्षक, विश्वविद्यालय तथा विद्यालयका कर्मचारी र सार्वजनिक सवारीचालक तथा सहचालकलाई २३ गतेदेखि खोप लगाउने निर्णय गरेको हो।