प्रदेश १ : बैठक रोक्न मुख्यमन्त्री राईको दबाब, सभामुखद्वारा स्थगित गर्न अस्वीकार

९ फागुन, विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिनुभएको छ । आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिनुभएको हो । तर प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गर्नुभएको छ ।

आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका गर्नु भएको थियो । यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन्।

आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ। यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गर्नुभएको थियो । त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गर्नुभएको थियो ।

तर, सभामुख र अर्को पक्षले मुख्यमन्त्रीको प्रस्ताव नमानेपछि बैठकमा सरकारी पक्षले अवरोध गर्दै आएको छ।

[sidebar name="button post"]