२३१ यात्रु बोके जहाजको इन्जिन फेल भएर जहाजका टुक्रा बाटैमा खसे तर पाइलटले नआत्तिकन जहाजलाई सफल अवतरण गराए छन् ।
अमेरिकाको डेनभरमा शनिबार २३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७-२०० जहाजको दाँयातर्फको इन्जिनमा टेकअफ भएको केहीबेरमै समस्या आएको थियो।
इन्जिनमा आगो लागे पनि पाइलटले नआत्तिकन उक्त जहाजलाई सफल अवतरण गराएका छन्।
एउटा इन्जिनका टुक्राहरू बाटैमा खसेका थिए। ब्रुमफिल्ड प्रहरीले धेरै ठाउँमा जहाजका टुक्रा खसेको उल्लेख गर्दै अनुसन्धानका लागि चाहिने भएकाले तिनलाई नछुन र यताउता नफाल्न भनेको छन ।
[sidebar name="button post"]









