मंगल ग्रहमा भर्खरै पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवरले मंगल ग्रहको रंगीन तस्बिर पृथ्वीमा पठाउन थाल्यो

अमेरिकी अन्तरिक्ष एजेंसी नासाको मंगल ग्रहमा भर्खरै पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ले सोसल मीडिया आफू आई पुगेको जानकारी पोस्ट गरेको छ।

‘पर्सिवरेन्स मार्स रोवरले दिनमा कैयन पटक आफुबारे, आफ्ना गतिविधिबारे ‘स्टेटस पोस्ट’ गर्छ। झण्डै २०३ दिनको यात्रा गरेर यो आफ्नो नयाँ ‘डेस्टिनेशन’ मंगल ग्रहको जेजेरो क्रेटरमा गएको १९ फेब्रुअरीका दिन ओर्लेको थियो।

ओर्लिदा ओर्लिदै यसले मंगल ग्रहको तस्वीर पठाएको थियो । रोवरले मंगल ग्रहको रंगीन तस्बिर खिचेर उपहारस्वरुप पृथ्वीमा पठाएको छ। रोवरसँग २३ वटा विभिन्न किसिमका अत्याधुनिक क्यामेरा रहेका छन। यी क्यामेराबाट फोटो खिचेर यसले ‘जेट प्रपोल्सन लेबोरेट्री’लाई पठाउने काम गरी रहन्छ।

रोवरले पठाएको रंगीन तस्वीरमा मंगल ग्रहको जेजेरो क्रेटरको सतह देखिन्छ। रोवरले यो फोटो आफुसंग रहेको हैजर्ड (hazard ) क्यामेरा बाट लिएको हो। रोवरमा दुइवटा माइक्रोफोन पनि जडान गरिएका छन्।

रोवरले यही फेब्रुअरी महिनामा सोसल मीडिया ट्वीटरमा प्रवेश गरेको थियो। अहिले यसका २० लाख फलोवरस भइसकेका छन।

[sidebar name="button post"]