आजका मुख्य समाचारमा
२८ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ।
२८ माघ, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग बयलगाडा बाहेक अरु चुनाव चिन्ह नरहेको बताएका छन् ।
२८ माघ, काठमाडौं । नेकपा-दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा ‘ओली समूह’का अध्यक्ष केपी ओलीलाई आम नागरिकको विरोध र आक्रोसलाई बुझ्न नसके बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।
२८ माघ, डडेल्धुरा । अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुनुहुन्छ । उहाँले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उहाँ सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउनुहुन्छ । उहाँ शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ ।
२८ माघ, काठमाडौं । मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोरङको जहदा गाँउपालिका– १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
२८ माघ, चितवन । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो ।
२८ माघ, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाह बनिरहेको टिप्पणी गरेकी छन् ।
२८ माघ, काठमाडौं । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र ‘सिविन–नेपाल’ ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ ।
२८ माघ,याङ्गुन। म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ ।
२८ माघ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा भ्रष्टाचार र अनियमितताको घटना चुनौतीपूर्ण देखिएको बताएका छन् । उनले सामाजिक निकाय तथा सार्वजनिक सेवा क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको प्रमुख बाधक भएको बताएका हुन् ।
२८ माघ, दमौली । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किनुभयो । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँड्नुभएका उहाँ क्याम्पस पुग्नुभएन ।
२८ माघ, रुकुमपूर्व । रुकुम ‘पूर्व’को पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो ।
२८ माघ, काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको हो ।
२८ माघ, काठमाडौं । प्रचण्ड-माधव समूहले आज काठमाडौंमा आयोजना गरेको विरोधसभाले गर्दा नागरिकहरु मारमा परेका छन् । कार्यलय समयमा सवारीसाधनहरुको अस्तव्यस्तका कारण हजारौ नागरिकहरु बिच बाटोमा नै अलपत्र परेका हुन ।
२८ माघ , एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाइ प्रक्रिया सिनेटमा सुरु भएको छ । सिनेटमा भएको मतदानमा महाअभियोग संविधान सम्बद्ध रहेको घोषित भएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो ।
२८ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि तोलाको ९० हजार ९०० रुपैयाँमै कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२८ माघ, काठमाडौं । अध्यागमन विभाग एक्लै विदेश जाँदा अब वडा कार्यालय र पारिवारिक सहमति अनिवार्य चाहिने बताएको छ । एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि अध्यागमन विभागले कार्यविधि संशोधन प्रस्ताव गरेको हो । विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ ।