२८ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ।
तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाण्डाै उपत्यकामा बुधबार ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ। यससंगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय १८ जनासहित अहिलेसम्म दुई लाख ६८ हजार पाँच सय ४९ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । अहिले एक हजार सात सय ५३ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म दुई हजार ४७ सङ्क्रमितको मृत्यु भएको छ ।












