Ad #144479

२८ माघ, काठमाडौं । प्रचण्ड-माधव समूहले आज काठमाडौंमा आयोजना गरेको विरोधसभाले गर्दा नागरिकहरु मारमा परेका छन् । कार्यलय समयमा सवारीसाधनहरुको अस्तव्यस्तका कारण हजारौ नागरिकहरु बिच बाटोमा नै अलपत्र परेका हुन ।

विरोधसभाको व्यवस्थापनका लागि प्रहरीले सवारीसाधनहरुलाई बिच बाटो बाट नै डाईभड गराउदा हजारौं नागरिकहरु आफ्नो गतव्यमा पुग्न सकेका छैनन् । उनीहरु पैदल हिडेर नै गतव्यमा पुग्न वाध्य भएका छन् ।

ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहको आज भृकुटीमण्डपमा विरोधसभा कार्यक्रम रहेको छ । उक्त विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

प्रदर्शनमा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्‍न नेताहरुको नेतृत्वमा जुलुस निकालिदै । उक्त कार्यक्रम व्यवस्थापनका लागि आज बिहानैदेखि प्रहरीले विभिन्न स्थानहरुबाट सवारीसाधन डाईभड गरिरहेको छ ।