Ad #144479

२८ माघ , एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाइ प्रक्रिया सिनेटमा सुरु भएको छ । सिनेटमा भएको मतदानमा महाअभियोग संविधान सम्बद्ध रहेको घोषित भएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो ।

महाअभियोगको सुनुुवाइ प्रक्रिया अघि बढाउने पक्षमा डेमोक्र्याटिक पार्टीका सबै ५० तथा रिपब्लिकनका ६ सिनेटरले मत दिएका हुन् । सुनुवाइ प्रक्रिया अघि बढे पनि सिनेटले ट्रम्पलाई दोषी ठहर गर्ने सम्भावना भने कम रहेको बीबीसीले जनाएको छ ।

यसअघि पूर्व राष्ट्रपति ट्रम्पका वकिलहरुले उनीमाथि लागेको महाअभियोगको जवाफ प्रस्तुत गरेका थिए । उनीहरुले जनवरी ६ तारिखमा संसद्‌ भवनमाथि आक्रमणका लागि ट्रम्पले नउक्साएको दाबी गरेका छन्। अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन्।