२८ माघ, काठमाडौं । नेकपा-दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा ‘ओली समूह’का अध्यक्ष केपी ओलीलाई आम नागरिकको विरोध र आक्रोसलाई बुझ्न नसके बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।
पार्टीले बुधबार काठमाडौँ गरेको विरोध सभामा अध्यक्ष दाहालले भने, ‘विरोध सभा कस्तो हुन्छ, हेर्नुस ? विरोध प्रदर्शन हेर्नुस रु यो नागरिकको विरोधलाई नबुझे सिंहदरवार घेर्न पछि पर्दैनन् । बेलैमा बुद्धि पुर्याउनुस् ।’
ओलीले २३ गतेको आमसभामा प्रदर्शन कस्तो हुन्छ हेर्न भनेका थिए । त्यसको जवाफ दिंदै प्रचण्डले आफूहरूको प्रदर्शनमा हेर्न सुझाएका हुन् । उनले आज आफूहरूको विरोध प्रदर्शनमा ५ लाख नागरिक उपस्थित भएको सूचना आफूलाई आएको बताए ।
प्रचण्डले ओलीलाई भने, ‘तपाई संविधानको, लोकतन्त्रको हत्या गर्ने अपराधी हो केपीजी । लाखौँ जनताको चाहना बुझेर सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा फैसला दिने दाहालले बताए । जनचाहनाविपरीत फैसला नभएमा मान्न बाध्य नहुने उनको भनाइ थियो ।












