२८ माघ, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाह बनिरहेको टिप्पणी गरेकी छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल नेपाल समूहले काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ठूलो त्यागबाट प्राप्त संविधान च्यातचुत फाल्ने प्रणालीविरुद्ध बोल्न नछोड्ने बताएकी हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै आफूमाथि प्रश्न उठाइएको भन्दै त्यसको खण्डन पनि गरिन् ।
‘सम्मान्नीय राष्टपति यो संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीरमाथीको संस्था हो म त्यो संस्थाविरुद्ध बोलेको छैन,’ उनले भनिन्, ‘खलपात्रको विरुद्ध बोल्न पाइन्छ कस्ले भन्यो बोल्न पाइँदैन ? भागरथी, निर्मलाकोविरुद्ध १८ वर्ष विद्या भण्डारीले नेतृत्व गरेको अनेमसंघ बोल्यो कि बोलेन ? कुनै पनि सार्वजनिक पदको लिग हुँदैन बोल्न पाइन्छ ।’












