Ad #144479

आजका मुख्य समाचारमा

धर्मेन्द्रको पक्राउविरुद्ध विप्लव समूहद्वारा नेपाल बन्दकाे घोषणा
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दै ५ दिने आन्दोलनको घोषणा गरेका हुन् ।

जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते
गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल ‘ईजोन’ ले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म तथ्याङ्क प्रवृष्टि ‘डाटा इन्ट्री’ गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएकाे हाे ।

नेपालमा पछिल्लो २४ घण्टा यता कति संक्रमित र कति कोरोनामुक्त ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।

शेरबहादुर देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण
गोरखामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण भएको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।

भाइरल ज्वरोका कारण विद्यालय बन्द
भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प बन्नुभएको बताइएको छ ।

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक
कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका ‘एचएचएक प्रोटोकल म्यानुअल’ सार्वजनिक गरिएको छ ।

आज कति थपिए काठमाडौँ उपत्यकामा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ
जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आजदेखि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने
आज (माघ १ गते)देखि एउटा बैंकको एटीएम प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ ।

पछिल्लो २४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
देशभरका प्रयोगशालामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय ३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

भारतमा गंगा नदीको किनारमा कुम्भमेला
कोरोना कहरमै आजदेखि भारतमा कुम्भमेला सुरु भएकाे छ । काेराेना भाइरसकाे महामारी खेपिरहेको भारतमा गंगा नदीको किनारकाे कुम्भमेलाका लागि लाखौं तीर्थायात्रीहरु उत्तराखण्डको हरिद्वार पुगेका छन् ।

अमेरिकासँग चीनको व्यापार बचत बढ्यो
संयुक्तराज्य अमेरिकासँग चीनको व्यापार बचत ‘सरप्लस’ गत वर्ष सन् २०२० मा अझ फराकिलो भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चीनसँगको व्यापार अन्तरलाई कम गर्ने प्रयास गरेपनि त्यो असफल भएको नयाँ विवरणहरुले देखाएका छन् ।

मुस्ताङ गुफा : एसीयाको रहस्यमय गन्तव्य मध्य एक
विश्वमा तपाईं हामी राम्रो ठाउँहरू धुम्छाै, त्यस ठाँउका वारेमा अध्यन गर्छाै। तर कतीपय दुनियाँमा यस्ता स्थानहरू पनि छन्, जुन रहस्यले भरीएको छ।

सर्वसाधारण ठगी गर्ने एक पुरुष पक्राउ
क्यानडाको टोरेन्टो विश्वविद्यालय साहित्यमा पिएचडी गरेको हुँ भन्दै सीपमूलक तालिम र वैदेशिक राहत दिलाउने आश्वासन दिएर सर्वसाधारण ठगी गर्ने एक पुरुषलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

योगाभ्यासलाई नियमित गर्ने बानी बसाल्न सके शरीर स्वस्थ्य
मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् । छैटौँ राष्ट्रिय योग दिवसका अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र नेपाल आयुर्वेद औषधि सङ्घ चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताले नियमित योग गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘हाम्री छोरीको तस्बिर नखिचिदिनुहोस्’ विराट र अनुष्का
भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ सोमवार ११ जनवरीमा विराटले आफ्नो ट्विटर अकाउन्टमार्फत छोरी जन्मेको सुखद खबर दिएका थिए ।

‘द भ्वाइस अफ नेपाल’को कोचबाट आस्था हटाइयो, तृष्णा गुरुङको इन्ट्री
चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को तयारी अन्तिम चरणमा पुगेको छ । सिजन–२ मा आस्था राउत रहेको ठाउँमा तृष्णा गुरुङ आबद्ध भएकी छन् । अन्य तीनजना कोचमा भने गत सिजनकै दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।

गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग : माघे संक्रान्ति
माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ । गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसक्रममा तीन जना घाइते समेत भएका छन् ।