१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशही प्रवृत्तिबाट सिङ्गो मुलुक पिल्सिरहेको बताएका छन् । उनले ओलीले देशमा तानाशाह लाद्न खोज्दा नेपाली नागरिकले आइया, आत्थु पनि भन्न नपाइरहेको बताए ।
नेपाल बुद्धिजीवि संगठनले काठमाडौंमा आयोजना गरेको राजनीतिक एवं संवैधानिक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीले भनेको कुरामा नमान्नु नै आफूहरुको अपराध जस्तो भएको बताए । ‘हाम्रो अपराध भनेको छलफलको नाम लिएर हो ।
उहाँको कुरामा हस् हजुर नभन्नु नै हाम्रो अपराध हो । त्यही अपराधको दण्ड कम्युनिष्ट आन्दोलनले बोक्नु परेको छ, लोकतान्त्रिक आन्दोलनले बोक्नु परिरहेको छ ।’












