१ माघ काठमाडौं । आज (माघ १ गते)देखि एउटा बैंकको एटीएम प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ ।
कोरोना महामारी शुरु भएसँगै नेपाल राष्ट्र बैंकले सर्वसाधरणको सुविधाका लागि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो । तर, माघ १ गतेदेखि भने अन्तर बैंक शुल्क लाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले निर्देशिका अनुसार एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा महिनामा २ वटा कारोबारसम्म निःशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लाग्ने छ ।
बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्व जानकारी गराएर मात्र इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिन पाउने छन् ।












