१ माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२०, भक्तपुरमा ३ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ।
देशभर ४ हजार ४ सय २६ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ।












