विश्वमा तपाईं हामी राम्रो ठाउँहरू घुम्छौँ, त्यस ठाँउका बारेमा अध्ययन गर्छौं । तर कतीपय दुनियाँमा यस्ता स्थानहरू पनि छन्, जुन रहस्यले भरीएको छ। जसको बारेमा यदी मानिसले सुनेमा दिमाग अलमल्ल परी आश्चर्य र डर दुवै लाग्न सक्छ। यस्ता स्थानहरू कथा र किम्मदन्तीहरूले भरीएका हुन्छन्,जसको बारेमा विज्ञान पनि ठोकुवा गरेर केहि बोल्न सक्दैन। एसीयाको रहस्यमय स्थानहरू मध्यका नाै स्थानको बारेमा अहिले थोरै जानकारी राख्नुहोला, इच्छा लागेमा अझ धेरै अध्ययन गर्न सकिन्छ ।
मुस्ताङ गुफा : नेपाल
कालीगण्डकी नदिको नजिकै रहेको माथिल्लो मुस्ताङमा अवस्थित मुस्ताङ गुफा रहस्यले बेरीएको छ। नेपालमा रहेको मुस्ताङ गुफा बाँकी स्थान भन्दा विलकुलै फरक र एकान्त स्थानमा अवस्थित छ। ठाडो चट्टानका विचमा १० हजार गुफा रहेको छ। यो गुफाको उत्पत्तीका बारेमा कसैलाई पनी ठिक सँग थाहा छैन। उक्त गुफामा बिना सिडी कोही पनि पुग्न सक्दैन तर पुरातात्विकहरूको एक समुहले यो गुफाको बारेमा अध्ययन गर्ने क्रममा एउटा बोनी भिक्षुको कंकाल भेटेको थियो। उक्त कंकाल लगभग २ देखी ३ हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरीएको थियो।

वाट रोङ ख्युनः थाइल्याण्ड
थायल्याण्डमा अवस्थित यो अनाैठो मन्दिर हो। जस्को डिजाइन चाएलेमचेइ कोसीतपिपात् नामका दृश्य कलाकारले गरेका हुन। यो एक कलाकृती नै हो तर यो अनाैठो हनुको साथै रहस्यमय लाग्दछ जसलाई देखेर मानीस अन्योलमा पर्ने गर्छन्। मन्दिर पुरै सेतो छ तर मन्दिरका मुर्तिहरू अनाैठा देखिन्छन। हलिउडका रेलीव्रेटी, भित्तेचित्र, जमीनबाट औजार बाहिर निस्केको, खोपडीहरू झुण्डीएको र कंकालको हात बाहिर निस्केको, देख्दैमा डर र रहस्यमय लाग्ने खालको देखिन्छन्।

काइकटीयो प्यागोडाः म्यानमार
काइकटीयो प्यागोडा वर्माको प्रख्यात तर रहस्यमय स्थल हो। एउटा पहराको छेउमा सुनाैलो चट्टानको माथी प्यागोडा शैलीको सुनाैलो गजुर रहेकोछ। उक्त प्यागोडाको उचाई ७.३ मिटर रहेकोछ। उक्त प्यागोडालाइ झट्ट हेर्दै गर्दा यसले पृथ्विको गुरूत्व आकर्षणलाई नटेरेको जस्तो लाग्छ। यो अचम्मको विषयछ, त्यो चट्टान त्यति स्थानमै आएर कसरी अडिन पुग्यो फेरी त्यो स्थान वाट किन कतै गुडेन होला भन्ने जस्को मनमा पनी लाग्न सक्छ। स्थानिय किम्वदन्तिको अनुसार त्यो चट्टान वुद्धको एउटा कपालमा अडिएको भन्ने विश्वासछ।

योनागुनी रूइनः जापान
कसैले भन्छ कि पानी मुनी पिरामिड वनेको छ। यो सुन्दामा काल्पनीक कथा लाग्न सक्छ, योनागुनी रूइन, जापानको चाखलाग्दो स्थान हो। यो स्थानको सन् १९९५ मा भेटिएको थियो, जुन पहिले प्राकृतिक रूपमा पानीको बहाब कारण वनेको भन्ठानीएको थियो तर पछि यो पुरानो सभ्यताको कारण रहेको प्रमाणीत हुनपग्यो। ति पिरामिड मानीसहरूको हातले बनेका हुन। तर ति पानी मुनी कसरी र के कारण गर्दामा पुगे त्यो रहस्यको विषयनै रहेको छ।

पेल्एन अफ जार : लाओंस
पेल्एन अफ जार, पुर्व- एतिहासिक स्थल हो। एउट ठुलो घाँसे मैदानमा खालि भाडाहरूझै छरीएर ठडिएर वसेको जस्तो देखिन्छ। उक्त स्थानमा २ हजार भन्दा बढी त्यस्ता ढुङ्गाहरू जमिनमा गाडिएको छ। ति ढुङ्गाहरू काहाँबाट आए कसरी आए र किन त्यस ठाँउमा छन् कति समय देखी छन् कसैलाइ पनि थाहा छैन। कतिपय मानिसहरूको ठम्याइछ छ की यो प्राचिन लास गाड्ने स्थान हो भने अर्का थरी यो प्राचिन समयमा मधिरा बनाउनका लागि प्रयोग गरिन्थ्यो भन्नेहरू पनि छन्। तर जे सुकै होस यसको वास्तविक कारण अझै रहस्यमय नै रहेकोछ। दोस्रो विश्व युद्ध ताका यस स्थानमा धेरै बम खसालीए पनी अझै थुप्रै ढुङ्गा भाडाहरूझै छरीएर ठडिएर वसेको जस्तो देखिन्छ।

चुम्वकीय पाहाड : भारत
भारतको लद्दाखमा यउटा सानो सडक छ, जुन ल्हे शहर देखी ३० किलोमिटरमा अवस्थित छ। यो सडक ज्यादैनै अनाैठो छ। झट्ट हेर्दामा यो सडक उकालो लागेको जस्तो देखिन्छ तर गाडिमा यात्रा गर्नेहरू यो वाटोमा गाडी ओंरालो लागेको जस्तो लाग्दछ। तर हेर्नेहरूले गाडीहरू उकालो नै लागेको देख्छन्। समुन्द्री सतह देखी १४ सयको उचाइमा रहेको यो पहाडको पुर्वि भाग वाट सिन्दु नदि वग्दछ। स्थानीय यस स्थान स्वर्गको वाटो भन्दछन् तर वैज्ञानीकहरू उक्त स्थनामा ठुलो चुम्वकीय शक्ती रहेको र त्यस वाटोमा चुम्बकीय शक्तिका कारण यात्रा गर्ने क्रममा गाडी माथी गुडिरहेको हुने तर ओंरालो लागेको आभास हुने गरेको वताउँछन्।

ट्यानमेन पर्वत : चाइना
ट्यानमेन पर्वतको नजिक पुगेपछि जो कोहि पनी एक छिन एक छीन अडिएर उक्त पाहाडलाइ हेर्दछ। यो पाहाड देख्दैमा रहस्यमय लाग्दछ। यो पाहाड खतरनाक घुमाउरो वाटोहरू रहेका छन्। जसमा ९९ वटा गुम्तिहरूछन्। जसलाई स्वर्गको स्थानको प्रतिको रूपमा मानीन्छ। हजाराैँ खुडकिलाहरू चढेर उक्त पाहाडमा पुग्न सकीन्छ। पाहाडमा अनगीन्ति गुफाहरू रहेकाछन्। जाहाँ वाट स्वर्ग पुगिने विश्वाश गरीन्छ। स्थानीय बासिन्दा यस स्थानलाई साचैनै रहस्यमयको रूपमा हेर्छन्।

मसुडा नो इवाफुनः जापान
जापानको असुका को जङ्गलमा रहस्यमय चट्टान रहेकोछ। जसको आकृति रहस्यमय छ। अझैनी यो आश्चर्य विषय छकी यो चट्टान कसरी अस्तित्वमा आयो। यो चट्टान हेर्दामा प्राकृतिक रूपमा बनेको जस्तो लाग्दैन पक्कै पनी यो मानिसले नै बनाइएको जस्तो लाग्छ। चट्टानको बिचमा भागमा दुई गुफा छन्, जुन अतीनै गहिरो छ। यो प्राचिन आक्रितीको उदेश्य केहो र प्राचिन समयमा यस्तो आकारमा विना कुनै औजार कसरी यस्तो आकार दिइयो, यो रहस्यको विषय छ।

फेङडु भुत सहरः चाइना
यदि तपाईं साचिकै रहस्यमय ठाउँमा जान चाहानु हुन्छ भने चिनको फेङडु भुत सहर राम्रो रोजाइ हुनपुग्नेछ। यो सहर चिनको हान राजवंशिको पालामा निर्मण गरीएको थियो। यो स्थानमा मठ, चैत्य र गुम्वा रहेको छ। यो मृत्यु पछिको बाटोको रूपमा विश्वाश गरीन्छ। जसको तिन पडाउ छ। पहिलो हर्षहरूको पुल, भुतले तर्साउने वाटो र अन्त्यमा घरको टउरको अन्तिम झल्को।

स्रोतः व्रेन वेरीज












