‘पत्थर जस्तो दिल’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं: साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस म्युजिक भिडियोमा चर्चित गजल गायक थानेश्वर गौतमले सङ्गीत तथा स्वर रहेको छ । गजललाई कमल सौरागले सङ्गीत संयोजन गरेका छन्।

मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय छ ।

रचनाकार ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो । गायक गौतमको आधिकारिक च्यानल ‘थानेश्वर गौतम’मार्फत भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा ‘झट्ट हेर्दा तिमीलाई माया गरौँ, गरौँ भो’, ‘पत्थरजस्तो दिल मेरो नरम नरम भो’, ‘छिनेको कम्मर तिम्रो, मच्किने चाला’, ‘वैँशालु नजर ठूलै मलाई हेर्दा खेरी’, ‘तिम्रो नजिक मलाई सरौँ सरौँ भो’, ‘भेट्न तिमीलाई बेँशीतिर झरौँ झरौँ भो’लगायत बोलका गीत समावेश गरिएको छ ।

विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आउएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत रहेका छन् । उनका दर्जनौँ गजल र कविता सार्वजनिक भएका छन् ।

[sidebar name="button post"]