आजका मुख्य समाचारमा
मन्त्रिपरिषद विस्तारलाई रोक्न माग गर्दै सर्वोच्चमा रित दर्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रित दर्ता गरिएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सर्वोच्चमा रिट दायर गराएका हुन् ।
आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु
आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ । उद्योग मन्त्रालयका प्रतिनिधिसँग वार्ता सुरु भएको हाे । किसानसँग औपचारिक तथा अनौपचारिक रुपमा वार्ता भईरहेको र आज पनि त्यसैको निरन्तारता भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
बेलायतबाट आएका ५ जनालाई कोरोना पुष्टि
बेलायतबाट आएका ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुलाई नयाँ प्रकारको कोरोना भाइरस रहेको अनुमान गरिएको छ । महाशाखा इडिसिडीले राजधानीको विभिन्न होटेलमा क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टा यता नेपालमा थप ६५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ८४० पुगेको छ।
अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ । कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पु¥याउन सक्षम भएको बताउनुभएको छ ।
मन्त्री ढकाल भन्नुहुन्छ, पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन्
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताउनुभएको छ । आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै उहाँले सो क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण गनुपर्छ ।
नेकपाको विवाद निरुपण हुन अझै दुई महिना लाग्न सक्ने
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को आधिकारिकता र चुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुन अझै कम्तीमा दुई महिना लाग्ने संकेत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुमान गरिएको हो ।
२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मृत्यु ?
पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संसद विघटनविरुद्ध कांग्रेसकाे देशैभर प्रदर्शन जारी
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार एक सय ६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।
ओलीले बालुवाटारमा गफ दिएर देश चल्दैन : मीनेन्द्र रिजाल
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बालुवाटारमा गफ दिएर देश नचल्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीको गृहनगरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले आयोजना गरेको विरोधसभामा बोल्दै नेता रिजालले लोकतन्त्रमा विश्वास गर्नेले पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने बताउनुभएको हो ।
२४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन्।
प्रहरी हवल्दार तथा जवानका लागि ट्राफिक नियन्त्रण तालिम
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी हवल्दार तथा जवानका लागि संचालित १३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सोही महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।
साउदीमा यात्रुबाहक हवाई उडान एक साताका लागि बन्द
साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।
यसवर्ष ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन
यस वर्ष धान उत्पादनामा १.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो भने यसवर्ष ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको हाे ।
नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ बिन्दुले बढेर ३८२.५७ मा पुगेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या एक करोड दुई लाख भन्दा बढी
भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
श्रीमानको हत्या गरेको आरोप श्रीमती पक्राउ
श्रीमानलाई हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। रुकुम पश्चिममा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् ।
नेपालका सेलिब्रेटीहरुले सलमान खानको बर्थडे
भारतीय चलचित्र क्षेत्रमा सलमान खानकाे नाम र काम दुवै लाेभलाग्दाे रहेकाे छ। उनै नायक खान उमेरले अब ५५ प्रवेश गरेका छन्। २७ डिसेम्बरमा बलिउड सुपरस्टार सलमान खान ५५ वर्षमा प्रवेश गरे।
घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने
घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो ।
पठाओको कार्यालय बानेश्वरमा तोडफोड, केही युवा पक्राउ
काठमाडौं उत्पयकाको बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड भएको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।
बङ्गलादेशबाट पुस महिनाभित्रै मल ल्याउने तयारी अन्तिम चरणमा
बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी ‘लेटर अफ क्रेडिट’ अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरुआत हुनेछ ।
बन्दाबन्दीकाे प्रभावले इन्धन खपतमा कमी, कुन वर्ष कति नाफा ?
कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ ।
गस्तीमा रहेका दुई प्रहरी हत्याका मुख्य अभियुक्त पक्राउ
धनगढीमा भएको दुई प्रहरी हत्या घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– १०, का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
महामारीमा नागरिकको स्वास्थ्य अधिकार सबैभन्दा धेरै प्रभावित
कोरोना महामारीको समयमा नागरिकको स्वास्थ्य अधिकार सबैभन्दा धेरै प्रभावित भयो । नियमित औषधि खानेले औषधि पाएनन् । शहरदेखि गाउँसम्मका नागरिकले नियमित औषधि उपचारका लागि स्वास्थ्य संस्थासमेत पुग्न कठिन भयो ।
ट्रम्पले अन्ततः कोरोना राहत प्याकेजमा हस्ताक्षर गरे
यससँगै कोरोना प्रभावित अमेरिकी नागरिकलाई सरकारी राहत प्राप्त हुने भएको छ । यसअघि प्याकेजमा रकम कम भएको भन्दै ट्रम्पले हस्ताक्षर गर्नबाट अस्वीकार गरेका थिए । त्यसपछि नव निर्वाचित राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्ने गम्भीर परिणाम आउनसक्ने भन्दै चेतावनी दिएका थिए ।
अज्ञात समूहद्वारा मोटरसाइकल आगजनी
अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज (सोमवार) विहान आगजनी भएको भएको हो ।











