नेपालका सेलिब्रेटीहरुले सलमान खानको बर्थडे

काठमाडौं। भारतीय चलचित्र क्षेत्रमा सलमान खानकाे नाम र काम दुवै लाेभलाग्दाे रहेकाे छ। उनै नायक खान उमेरले अब ५५ प्रवेश गरेका छन्।

२७ डिसेम्बरमा बलिउड सुपरस्टार सलमान खान ५५ वर्षमा प्रवेश गरे। कोरोना महामारीका कारण यो वर्ष उनले सामान्य तरिकाले बर्थडे सेलिब्रेसन गरे।

चलचित्रको छायांकनमा रहेकाले उनले यो वर्षको बर्थडे चलचित्रकर्मीहरूसँगै मनाएका थिए। उनले शुभचिन्तकहरूलाई आफ्नो घरमा भीडभाड नगर्न आग्रह गरेका थिए। जसका कारण शुभचिन्तकहरू उनको घरमा गएनन्।

उनको जन्मदिनको अवसरमा भारतमा मात्र नभएर नेपालमा पनि केक काटिएको छ। आइतबार राति उनका नेपाली प्रशंसकहरूको ठूलो समूहले केक काटेर जन्मदिन मनाएको हो।

‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ ले आयोजना गरेको बर्थडे सेलिब्रेसन कार्यक्रममा अभिनेता भुवन केसी, अभिनेत्री सुष्मा कार्की, अभिनेता प्रशान्त ताम्राकारलगायतका सेलिब्रेटीको उपस्थिति रहेको थियो।

[sidebar name="button post"]