आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु

१३ पुष, काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ । उद्योग मन्त्रालयका प्रतिनिधिसँग वार्ता सुरु भएको हाे ।

 किसानसँग औपचारिक तथा अनौपचारिक रुपमा वार्ता भईरहेको र आज पनि त्यसैको निरन्तारता भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

किसानले वार्तामा बस्नका लागि अघि सारेको प्रस्तावमा मन्त्रालय सकारात्मक भएपछि बार्ता सुरु भएको छ । छलफलमा उखु किसानको रकम १५ दिनभित्र तिर्ने वातावरण बनाउन सरकार सकारात्मक देखिएकाे छ ।

[sidebar name="button post"]