Ad #144479

१३ पुष, काठमाडाैं ।  नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बालुवाटारमा गफ दिएर देश नचल्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीको गृहनगरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले आयोजना गरेको विरोधसभामा बोल्दै नेता रिजालले लोकतन्त्रमा विश्वास गर्नेले पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने बताउनुभएको हो ।

उहाँले अहिलेको अवस्था आउनुमा पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपा नेताको पनि हात रहेको बताउनु भएको छकुनै पनि हालतमा संसद् पुनर्स्थापना गरेरै छाड्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत विघठन गरेको संसद् पुनस्र्थापना गरेरै छाड्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीको गृहनगरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले आयोजना गरेको विरोधसभामा बोल्दै नेता रिजालले लोकतन्त्रमा विश्वास गर्नेले पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने बबताउनुभयो । नेता रिजालले ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ ।

कांग्रेस कुनै कम्युनिस्ट नेताको पक्षमा नभई नेपालको संविधानको पक्षमा रहेको नेता रिजालले बताउनुभयो । प्रधानमन्त्री ओली संसद्को अधिकार हातमा लिएर हिटलरको बाटोमा हिँडेको उहाँले आरोप लगाउनुभयो ।