Ad #144479

 १३ पुष, काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार एक सय ६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।

कांग्रेसको प्रदर्शनमा सम्बन्धित क्षेत्रका सांसद तथा नेता कार्यकर्ताको उपस्थिति रहेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका थिए।

काठमाडौंको विरोध ¥यालीको नेतृत्व नेता अर्जुन नरसिंह केसीले गरेका छन् । यस्तै  कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक कू गरेको भन्दै सबै मिलेर संविधानलाई टकमा ल्याउनुपर्ने बताएका छन्।

संसद विघटनको विरोधमा सोमबार नयाँ बानेश्वरमा आयोजित काठमाडौं क्षेत्र नम्बर १ को विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नहुने बताएका हुन्।