आज दिनभरका देश र विदेशका समसामयिक तथा महत्वपुर्ण समाचार

आजका मुख्य समाचारमा

आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

९ पुस, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ।

ओलीविरुद्ध प्रचण्ड र नेपाल सर्वोच्च अदालत जाने

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘र वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्च अदालत जाने भएका छन् ।

बालुवाटारमा जारी ओली समूहको बैठकमा बादल सहभागी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी भएका छन्। कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।

ओली सरकारविरुद्ध प्रचण्ड-नेपाल समूहले देशव्यापी प्रर्दशन गर्ने

प्रधानमन्त्री केपी ओलीद्वारा संसद् विघटन जस्तो जनघाती कदमको विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहले सडकबाटै विरोध जनाउने भएको छ ।

२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मृत्यु ?

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको  छ ।

राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन पेश

 राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ । ०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

बसले पल्सरलाई ठक्कर दिदा दुई जना घाइते

सुनौलीदेखि पोखरा जाँदै गरेको ग १ ख ७१२३ नम्बरको बसले स्याङ्जाको चिउरी भन्ने ठाउमा बा ३९ प ५३३३ नम्बरको पल्सर बाइकलाई ठक्कर दिदा बाइकमा सवार दुई जना घाइते भएका छन् ।

ओली नेतृत्वको नेकपाद्धारा कार्यकारी अध्यक्ष प्रचण्डलाई कारवाही

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारवाही गरेको छ। बिहिबार वालुवाटारमा बसेको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको हो ।

श्रीमानको बाटो हेर्दाहेर्दैै १९ वर्ष बित्यो

द्वन्द्व प्रभावित एकल महिलाले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार (हिजो) आयोजना गरेको सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयक प्रदेशस्तरीय गोष्ठीमा सहभागी महिलाले न्याय पाउन नसकेको गुनासो राखेका छन ।

कस्तो अनौठा स्थान : जहाँका मानिस बोल्दा बोल्दै भुसुक्क निदाउँछन्

कस्तो अनौठा स्थान, जहाँका मानिस बोल्दा बोल्दै भुसुक्क निदाउँछन् । त्यो पनि एकजना होइन, दुइ जना होइन गाउँका सबै जना नै कुरा गर्दा गर्दै निदाउँछन् ।

चिनियाँ राजदूत होउ यान्छी र प्रचण्डबीच भेटवार्ता

चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटार पुगेकी थिइन्।

जनकपुरधामस्थित डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी

जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी भएको छ । बिहान ११ बजेतिर आगलागी भएपछि अहिले निभाउने प्रयास जारी छ ।

आज कति छ सुनको मूल्य ?

निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले १ सयले बढेको छ ।

किन खस्कियो पारसको व्याटिङ बरियता ? [ कारण यस्तो छ ]

राष्ट्रिय किकेट टिमका पुर्व कप्तान पारस खड्काको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय ब्याटिङ वरियता खस्किएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको ट्वेन्टी ट्वान्टीको ब्याटिङ वरियतामा पारस २ स्थान खस्किएका छन् ।

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो ।

मोटरसाइकलमा एक अपरिचित युवतीले ‘लिफट्’ माग्दा ६ लाख लुटियाे !

 एक जना मोटरसाइकल चालकसँग अपरिचित युवतीले ‘लिफट्’ माग्दा ६ लाख रुपैंयाँ चोरी भएको छ । मोटरसाइकल चढेर कलङ्की जाँदै गरेका सिन्धुलीका भोलाबहादुर जर्घामगरलाई एक अपरिचित युवतीले ‘लिफट्’ मागिन् । कुरा ०७७ साउन ८ मा हो । युवती रत्नपार्कमा लिफ्ट माग्ने युवतीलाई भोलाले लिफ्ट दिए ।

लोपोन्मुख रैथाने बाली उत्पादन र बजारीकरणमा जोड

उच्च हिमाली जिल्ला हुम्लामा परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बालीको बजारीकरणसम्बन्धी पहल गरिने भएको छ । बुधबार सरोकारवाला निकायसँग कृषि विकास कार्यालयमा बसेको समन्वयात्मक बैठकले जिल्लामा लोपोन्मुख रैथाने बालीलगायत अन्य बालीको संरक्षण, उत्पादन र बजारीकरणका लागि छलफल गरिएको छ ।

क्रिकेटका तीन खेलाडीले टी–टेन लिग खेल्ने

 राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन् । यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।

अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित

पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ ।

 

 

 

 

[sidebar name="button post"]