ओलीविरुद्ध प्रचण्ड र नेपाल सर्वोच्च अदालत जाने

९ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘र वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्च अदालत जाने भएका छन् ।

बिहीबार बसेको प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले भोलि प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको नेता भीम आचार्यले जानकारी दिए । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

[sidebar name="button post"]