किन खस्कियो पारसको व्याटिङ बरियता ? [ कारण यस्तो छ ]

९ पुष, काठमाडौं । राष्ट्रिय किकेट टिमका पुर्व कप्तान पारस खड्काको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय ब्याटिङ वरियता खस्किएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको ट्वेन्टी ट्वान्टीको ब्याटिङ वरियतामा पारस २ स्थान खस्किएका छन् ।

नयाँ वरियतामा पारस ७३ औं स्थानमा रहेका छन् । यसअघि पारस टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको ब्याटिङ वरियतामा ७१ औं स्थानमा रहेका थिए ।

ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट वरियतामा ब्याटिङतर्फ नेपालका पारस खड्का मात्र समावेस छन् । अन्य खेलाडीले शीर्ष सयमा समेत स्थान बनाउन सकेका छैनन् । यद्दपी पारस वेष्ट इन्डिजका सिम्रन हिटमायर भन्दा माथि रहेका छन् ।

नेपालले अन्तिम पटक एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता खेलेपछि अन्तराष्ट्रिय क्रिकेट खेलको छैन । कोरोना माहामारीको कारण तय भएको अन्य अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता स्थगित हुँदै आएको छ ।

यस्तै, नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय बलिङ वरियता यथावत रहेको छ ।

[sidebar name="button post"]