चिनियाँ राजदूत होउ यान्छी र प्रचण्डबीच भेटवार्ता

९ पुष, काठमाडौं । चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटार पुगेकी थिइन्।

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टासम्म कुराकानी भएको थियो । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ। यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।

चीनले नेकपाको फुटलाई रोक्न जति नै प्रयास गरेपनि अन्ततः सफल हुन सकेन । यसले चीनलाई केही निराश पनि बनाएको छ । तर नेकपाको फुटबाट भारत भने खुशी भएको विश्लेषण हुन थालेको छ ।

[sidebar name="button post"]