९ पुष, कास्की । कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिला रहेका छन् ।
तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५ः२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८ः२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।
[sidebar name="button post"]









