तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने छ। दाम्पत्य जीवन सुखि रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई हराउंदै अगाडी बढ्न सकिने छ । बिभिन्न अवसरले पछ्याउने छन्। सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिने छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । बिदेसमा बसेर पेशा व्यावसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहनेछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथिभाईका साथ रमाईलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय घटना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षती हुने योग रहेकोछ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाइ लेखाइमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । लगानि गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनु नै उचित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिने छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउंदै नतिजा ल्याउन सकिने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जाने छ। पढाइ लेखाइमा मन जाने छ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानी गर्न सकिने छ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । मन प्रशन्न हुनेछ । सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुने छ। व्यापार व्यावसाय फस्टाएर जाने छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
मन प्रशन्न रहने छ । चिट्ठा तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आम्दानिमा बृद्धि हुने हुँदा दैनिक जीवन सहज रुपमा जीउन सकिनेछ । व्यापारमा मनग्गे लाभ हुनेछ भने अकस्मात आम्दानिमा बृद्धि हुनेछ । अध्ययनमा सुधार भएर जाने योग रहेको छ । स्वास्थ्यमा सामान्य समस्या आएपनि हल गर्दै अगाढि बढ्न सकिने छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ। समय मध्ययम रहेको छ । आत्मबल तथा सम्यम्मता गुमाउदा आफैंलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहँदा नचाहँदै टाडिनु पर्ने बाध्यता आउन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर मिल्नेछ । अदालती निर्णयहरु तपाईँकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगाडी बढ्न सकिने छ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिने छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
व्यापार व्यावसाय फस्टाएर जाने छ। शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ हुने छ । सन्तानको प्रगती देखेर मन रमाउने छ। पढाइ लेखाइ सुधार आउनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचे जस्तो आम्दानी गर्न सकिने छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगती गर्न सकिने छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिने छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिने छ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिने छ । तपाईँको बोलिको सबैले कदर गर्ने छन् । आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानिका स्रोतहरु फराकिला पार्न सकिने छ । गित संगितमा लाग्नेहरुका लागी समयले साथ दिने छ ।
तपाईंको दिन सुखमय रहोस्।









