पछिल्लो २४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

९ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ५ सय १० जनाको पीसीआर परीक्षण गर्दा आइतबार थप ६ सय १३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ६ सय १३ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा १, ओखलढुंगामा १, झापामा १२, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १३, सुनसरीमा १४, महोत्तरीमा ३, सप्तरीमा २, सिरहामा १, काठमाडौँमा १९९, काभ्रेमा ३०, चितवनमा २, दोलखामा १, धादिङमा १, नुवाकोटमा ४, भक्तपुरमा १८, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा २ र ललितपुरमा २७, सिन्धुपाल्चोकमा ३, कास्कीमा ४३, गोरखामा १, तनहुँमा ९, लमजुङमा ४, स्याङ्जामा ७, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, दाङमा २, नवलपरासीमा ४, पाल्पामा २, बर्दियामा ६, बाँकेमा १५, रुकुमपूर्वमा १, रुपन्देहीमा ३७, कालिकोटमा १, दैलेखमा १, सुर्खेतमा ४, हुल्लामा १, अछाममा ३, कञ्चनपुरमा ४२, कैलालीमा ५७, डडेल्धुरामा ८, डोटीमा १, दार्चुलामा ५, बझाङमा १, बाजुरामा १ र बैतडीमा ५  जनामा कोरोना  पुष्टि भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ भने हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर ७ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय जना क्वारेन्टिनमा छन्।

[sidebar name="button post"]