Ad #144479

आजका मुख्य समाचारमा

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

२६ माघ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज नेपालमा कति थपिए कोरोना संक्रमित ?

२६ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र ६० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार बहस नहुने : जबरा

२६ माघ, काठमाडौं । सर्वोच्‍च अदालतमा जारी प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि मंगलबार बहस नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्‍ने सर्वोच्च अदालतका सञ्‍चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

ओली समूह रक्षात्मक अवस्थामा पुग्याे : प्रचण्ड

२६ माघ, काठमाडाैं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले धाकधक्कु मात्रै धेरै लगाएको बताएका छन् ।

फर्निचर उद्योगमा आगलागी हुँदा नौ लाख क्षति

२६ माघ, रामपुर। रैनादेवी छहरा गाउँपालिका– ४ बस्ने युवराज रजालीको फर्निचर उद्योगमा आगलागी हुँदा आज रु नौ लाख बराबरको क्षति भएको छ ।

हवाई आक्रमणमा परी ६ तालिबान लडाकू मारिए, १४ जना घाइते

२६ माघ, मैमाना। अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ ।

ओलीमा पञ्च रवैया कायमै : नेपाल

२६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको आन्दोलन केपी ओलीसँग होइन नभएको बताएका छन् । आफूनिकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको लडाइँ नै केपी ओलीसँग नभएर ओली प्रवृत्तिविरुद्ध भएको बताएका हुन् ।

आजदेखि दोस्रो चरणको खोप शुरु, क-कसले लगाउन पाउने

२६ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो ।

हिमपहिरोमा परेर भारतमा १८ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

२६ माघ, ऋषिकेश। भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् ।

फेरि दुई दिनपछि वर्षा र हिमपातको सम्भावना

२६ माघ, काठमाडौं । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।

महिला हिंसाका घटना अझै रोकिएनन्

२६ माघ, इलाम। देउमाई नगरपालिकाकी एक वृद्धाले केही महिनाअघि आफूले नसोचको व्यवहार भोग्नुपर्यो । सुन्दै अचम्म लाग्ने घटना ती वृद्धामाथि आइलाग्यो । उनी आफ्नै छोराबाट बलात्कृत भइन् ।

चिसो मौसमा हिमपात र वर्षा नहुँदा स्याउ किसान चिन्तित

२६ माघ, कर्णाली । यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुबै हुनसकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो चिसो मौसमा हिमपात र वर्षा दुबै नहुँदा विशेष गरी किसान चिन्तित बनेका छन् ।

गैँडाको आक्रमणबाट एक वृद्धा घाइते

२६ माघ, नवलपुर । नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते हुनुभएको छ । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते हुनुभएको हो ।

भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न : प्रधानन्यायाधीश जबरा

२६ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज पनि सरकारी वकिलले बहस गरिरहेका छन् । सोमबारको बसहमा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरेका छन् ।

माइतीघरमा संसद विघटनविरुद्ध जुत्ता झुण्ड्याएर प्रदर्शन

२६ माघ, काठमाडौं । सोमबार माइतीघरमा विवेकशीलले जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको छ । विवेकशील नेपाली दलले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको हो ।

साहित्यकार एवं टेलिभिजन प्रस्तोता सुधीर ख्वबि : अबको सोख ‘चारैतिरबाट किताबले घेरिएर बस्न मन छ’

समिता श्रेष्ठ सुधीर ख्वबि नेपाल भाषाका साहित्यकार एवं अरु धेरै विद्यामा सकृय हुनुहुन्छ । व्यवसायीक रुपमा फर्निचरको काम भएपनि उहाँ अरु धेरै पेशामा आवद्ध हुनुहुन्छ । टेलिभिजन कार्यक्रम प्रस्तोता, नेपालभाषाका साहित्यकार सुधीर ख्वबि साहित्यिक किताबमा घोत्लिएर बस्न बढी रुचाउनुहुन्छ । बाल्यकालमा पढाईमा खासै रुची नराख्ने उहाँ अहिले साहित्य साधनामा तल्लिन हुनुहुन्छ ।

जसपाका दुई नेता दिल्ली उडे

२६ माघ, काठमाडौं । राजनीतिक संक्रमणको बिचमा जनता समाजवादी पार्टी नेपालका दुई नेता दिल्ली उडेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव सोमबार दिल्ली राजनीतिक संक्रमणका बिच किन उडे जसपाका नेताहरु दिल्ली उडेका  हुन् ।

उत्तराखण्डको धौलीगङ्गा हिमनदीमा बाढी, नौजनाको शव फेला !

२६ माघ, एजेन्सी । भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको धौलीगङ्गा हिम नदीमा आएको बाढीमा बेपत्ता भएका १२५ जनाभन्दा बढी व्यक्तिको अवस्था अझै अज्ञात छ । अहिलेसम्म नौजनाको शव फेला परेको प्रहरीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

२६ माघ, महेन्द्रनगर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै आज बिहान यहाँ विद्यार्थीले प्रदर्शन गरेका छन् ।

आजदेखि सुदूर प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

२६ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ।

१६ वर्षपछि पत्रकार डेकेन्द्रराजको हत्यामा संलग्न पक्राउ

 २६ माघ, दैलेख । द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई दैलेख प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।

पहेंलो धातुको मूल्य तोलामा २ सयले घट्याे

२६ माघ, काठमाण्डौ। स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।

प्रा.डा. रञ्जितकारद्वारा लिखित ‘क्यान्सरसितको लडाइँ’ विमोचित

२६ माघ, काठमाडौं। ‘सडक मजदूरदेखि इञ्जिनीयर’ पुस्तकका लेखक इञ्जिनीयर, वातावरणविद् डाक्टर तथा प्राध्यापक मुरली गोपाल रञ्जितकारको दोस्रो मौलिक कृति ‘क्यान्सरसितको लडाइँ’ पुस्तक प्रकाशित भएको छ।

आज माघ २६ गते सोमबार, शिव भगवानको दर्शन गरी हेर्नुहोस् तपाईंको राशिफल

आजको तपाईंको राशिफल