Ad #144479

२६ माघ, काठमाडाैं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले धाकधक्कु मात्रै धेरै लगाएको बताएका छन् ।

आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओली समूहले धाकधक्कु लगाए पनि जनताले साथ नदिएको बताए आरोप लगाएका हुन् ।

धेरै देखाउन यत्रतत्र राख्दा पनि धेरै मान्छे नभएपछि ओली समूह रक्षात्मक अवस्थामा पुगेको उनले बताए । संसद विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि ओली हार्न पुगेको उनले बताए ।

प्रचण्डले माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने बताएका छन् । आफूले पार्टी एकता बचाउन पाँचै वर्ष प्रधानमन्त्री छोडे पनि ओली समूहले पदको लडाइँ भनेर बद्नाम गराउन खोजेको पनि उनले बताए ।