२६ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र ६० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ४५ जना काठमाडौंका, १८ जना कास्कीका, चितवन र ललितपुरका ११ र ११ जना र बाँकेमा १२ जना भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । जसमध्ये २ लाख ६८ हजार २६६ जना संक्रमणमुक्त भएका छन्, भने २०४५ जनाको मृत्यु भएको छ ।
हाल १७४४ जना आइसोलेसनमा उपचाररत छन् । काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या ११२० रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १९४ रहेको छ भने ५ जनाको मृत्यु भएको छ ।












