२६ माघ, काठमाडौं । सोमबार माइतीघरमा विवेकशीलले जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको छ । विवेकशील नेपाली दलले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको हो ।
विवेकशीलले माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरेको हो । संसदविघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो ।
[sidebar name="button post"]









