२६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको आन्दोलन केपी ओलीसँग होइन नभएको बताएका छन् । आफूनिकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको लडाइँ नै केपी ओलीसँग नभएर ओली प्रवृत्तिविरुद्ध भएको बताएका हुन् ।
कसैलाई पनि कित्ताकाट गर्ने र जबर्जस्त अर्को समूहतिर धकेल्ने काम गर्नुलाई अध्यक्ष नेपालले ओली प्रवृत्ति भनेका थिए । उनले कार्यक्रममा बोल्दै भने, केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन । एउटै केपी ओलीबाट आजित भइसक्यौं केपी ओलीको नयानयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ ।
ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए । ओलीमा पञ्च रवैया कायमै रहेको पनि उनले बताए । नेपालले ओलीलाई ‘ओली बा समूह खोले हुन्छ । बा मन पराउनेहरु त्यही जान्छन् भनेका छन् ।











