Ad #144479

आजका मुख्य समाचारमा

अबदेखि सरकारी कम्पनीबाटै मालसामान ढुवानी गरिने

२० माघ, काठमाडौं । अबदेखि सरकारी मालसामान निजी कम्पनीबाट ढुवानी नगराउने भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४८ औं बैठकले सरकार र सरकारी स्वमित्वको कम्पनी तथा संस्थाहरुले गर्ने आयात तथा निर्यातको ढुवानी सरकारी कम्पनीले नै गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार घुससहित पक्राउ

२० माघ, काठमाडौं । घुस लिएको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई घुससहित पक्राउ गरेको हो ।

चीनमा ३ हजार नक्कली खोप, ८० जना पक्राउ

२० माघ, एजेन्सी । चीनमा कोरोना भाइरसविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार प्रहरीले जियांग्सु, बीजिङ्ग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत उनीहरुलाई पक्राउ गरेको हो ।

प्रचण्डविरुद्धको अवहेलनाको मुद्धाको पेसी सर्‍याे

२० माघ, काठमाडाैं ।  नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको अदालतको अवहेलनाको मुद्धाको पेसी सरेको छ । मंगलबार न्यायाधीश डा.मनोज शर्माको एकल इजलासमा पेसी तोकिए पनि बेञ्‍च बस्‍न नपाएपछि पेसी सरेको हो ।  दाहालविरुद्ध अधिवक्ता समिर हायुले सोमबार अदालतको अवहेलनाको मुद्धा सर्वाेच्चमा दायर गरेका थिए ।

देशभर कति थपिए आज काेराेना संक्रमित ?

२० माघ, काठमाडौं । नेपालमा मंगलबार थप १७१ जनामा काेराेना भाइरस संक्रमणकाे पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।

लागूऔषध गाँजासहित चालक नियन्त्रणमा

२० माघ, काठमाडौं । नेपाल प्रहरीले अटोमा गाँजा बोक्ने चालकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट लागूऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो ।

सिमेन्स इनर्जीले सात हजार ८०० कर्मचारी हटाउने तयारी

२० माघ, फ्रान्कफर्ट । जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । विश्वभर तिब्र रुपमा परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नु परेको कम्पनीले जनाएको छ ।

सिन्धुलीको ११ किलो क्षेत्रमा बस दुर्घटना !

२० माघ, काठमाडौं । सिन्धुलीको ११ किलो क्षेत्रमा दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।  काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

विघटन संविधानसम्मत : महान्यायाधिवक्ता खरेल

२० माघ, काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राख्नुभयो ।

पुरुषमा परिवार नियोजनको स्थायी बन्ध्याकरणका लागि अनिच्छा

२० माघ, परासी । नवलपरासी ‘बर्दघाट सुस्ता पश्चिम’ को दक्षिणी क्षेत्रका पुरुषले परिवार नियोजनको स्थायी बन्ध्याकरणका लागि अनिच्छा देखाएका छन् । स्वास्थ्य कार्यालय परासीले जिल्लामा सञ्चालन गरिरहेको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा महिला मात्र देखिएका छन् ।

भैंसीगोठमा आगलागी हुँदा चौपाया जले

२० माघ, जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा भैँसीगोठ र चौपाया जलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी बिल्टु साहका भैँसीगोठमा वस्तुभाउ न्यानो पार्नका लागि बालिएको घुरको आगो सल्केर भैँसीगोठ र एक पाडो जलेको हो ।

कञ्चनपुरबाट खैरो हिरोइनसहित एक जना पक्राउ

२० माघ, कञ्चनपुर । कञ्चनपुर प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बेल्डाडी गाउँपालिका–३ खैरीघाटस्थित लागुऔषधको कारोबार भइरहेको सूचनाका खटिएको टोलीले ११ ग्राम १६० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेल्डाडी–३ बस्ने ५७ वर्षीय टिकाबहादुर केसी रहेको प्रहरीले जनाएको छ ।

संवैधानिक परिषद बैठक स्थगित

२० माघ, काठमाडौं । गत मंसिर ३० गते संवैधानिक परिषदले संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिश हिजो सभामुख अग्निप्रसाद सापकोटाले परिषदमै फर्काइ दिए । जसले गर्दा परिषदले गरेको सिफारिशको हैसियत के हुन्छ भन्ने अन्योल बढेको छ ।

अब अविवाहित महिला र एकल पुरुषले भत्ता पाउने

२० माघ, दुल्लू । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर, चाँदी तोलामा २० रुपैयाँले घट्यो

२० माघ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । सोमबार जस्तै सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने

२० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकालको घोषणा गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण कहिले गर्ने ?

२० माघ, काठमाडौं ।  राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ ।

बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान

२० माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने जनाएको छ । महाशाखाको मंगलबारको मौसमी बुलेटिन अनुसार पर्सि बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको हो ।

कोभिडविरुद्ध एक हजार २०५ ले लगाए खोप

२० माघ, दमौली । कोभिडविरुद्धको खोप अभियान सोमबारबाट सकिएको छ । यही माघ १४ गतेदेखि शुरुआत अभियानका क्रममा एक हजार २०५ ले कोभिड खोप लगाएका छन् । जिल्लास्थित सरकारी स्वास्थ्य संस्था, निजी स्वास्थ्य संस्था, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायतले कोभिड खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

शिक्षक प्रकाश अधिकारी : शिक्षाको ज्योती छर्दै,बालमैत्री वातावरण निर्माणसँगै उज्यालो भविष्यमा जुट्दै

शिक्षाको उज्यालो ज्योति छर्ने प्रकाश अधिकारी बालमैत्री वातावरणमा जोड दिनुहुन्छ ।सामाजिक क्षेत्रमा निरन्तर लाग्दै आउनु भएका उहाँ पेशाले शिक्षक हुनुहुन्छ । शिक्षण पेशा बालबालिकासँगै रमाएर उनीहरुको उज्यालो भविष्य निमार्ण गर्ने आधार शिला मानिन्छ । अधिकारी शिक्षण पेशाबाटै समाज सुधार र सामाजिक अभियान्ताको रुपमा काम गर्दै हुनुहुन्छ ।

वैदेशिक रोजगारबाट फर्किएपछि अपनाएको पेशा : ट्याक्सी चालक सागर थापा मगरको कथा व्यथा

धादिङका सागर थापा मगर काठमाण्डौमा ट्याक्सी चलाउनुहुन्छ । उहाँले ट्याक्सी चलाउन थालेको दुई वर्ष भयो । तर झण्डै एक वर्ष भने कोरोना महामारीकै कारण यो पेशा पनि प्रभावित बन्यो । तर अहिले भने बिस्तारै पुरानै अवस्थामा फर्किंदैछ । एलएलसीसम्मको अध्ययन गर्नु भएका सागरले पढ्ने रहर हुँदाहुँदै पनि घरको दुखले यो पेशामा लागेको गुनासो गर्नुहुन्छ ।

आज माघ २० गते मंगलबार, कस्तो छ तपाईंको राशिफल ?