२० माघ, काठमाडौं । अबदेखि सरकारी मालसामान निजी कम्पनीबाट ढुवानी नगराउने भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४८ औं बैठकले सरकार र सरकारी स्वमित्वको कम्पनी तथा संस्थाहरुले गर्ने आयात तथा निर्यातको ढुवानी सरकारी कम्पनीले नै गर्ने निर्णय गरेको हो ।
मालसामान ढुवानी व्यवस्था उद्योग मन्त्रालय मातहतको नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनीले मिलाउने जानकारी समितिस्रोतले छ । निजी यातायातका साधनबाट ढुवानी गर्दा खर्च बढेको देखिएकोले अबदेखि सरकारी कम्पनीबाटै सरकारी मालसामान ढुवानी गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
चिन,भारत र अनय देश देशबाट मालसामान ल्याउन,लान परेमा सरकारसँग पूर्वाधार पनि रहेकोले आयात निर्यातमा सहज हुने जनाइएको छ ।












