Ad #144479

२० माघ, काठमाडौं । सिन्धुलीको ११ किलो क्षेत्रमा दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।  काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । बसमा सवार १५ जना मध्ये  १० जना घाइतेलाई स्थानीय अस्पतालमा पुर्‍याइएको छ ।

मुढेस्थित चेकपोष्टमा उक्त बसमा १५ जना सवार रहेको टिपाइएको थियो । ओरालो भएको ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।