विवाह बन्धनमा बाँधिँदै अञ्जु

२० माघ, काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् ।स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन्।

अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्।विवाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ । तर, विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । बजारमा दुवैले भ्यालेन्टाइनको समयमा विवाह गर्न लागेको हल्ला पनि चलेकाे छ ।

गायिका अञ्जुको एक छोरी परितोशिका छिन्, परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको बताइन्छ ।