कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

पछिल्लो २४ घण्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ।

फागुन अन्तिमसम्म कोभ्याक्स सुविधाको कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप आउँदै

सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ ।

निःशुल्क बालरोग शिविर, ६८ बालबालिका लाभान्वित

बर्दियाको बाँसगढीस्थित एसओएस स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क बालरोग शिविर सञ्चालन गरिएको छ । सो केन्द्र, लायन्स क्लब अफ नेपालगञ्ज सेन्टर र अलस्का रामारोशन मेडिकल हल नेपालगञ्जले संयुक्तरुपमा शिविर आयोजना गरेका हुन् ।

पुन: ओली समूहमै फर्किए पूर्वमन्त्री शेरबहादुर र उषाकला

पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी तथा नेतृ उषाकला राई फेरि नेकपा ओली समूहमै फर्किएका छन् ।

काबुलमा भएको विस्फोटमा परी पाँचको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्षित गर्दै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् ।

प्रजातन्त्र दिवसको दिनदेखि वि सं २०७८ का पात्रो बजारमा

प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ का पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । फागुन ७ गतेदेखि आफ्नो सम्पादनमा रहेको सूर्य पञ्चाङ्ग बजारमा आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिवसमेत रहनुभएका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

आज लोकप्रिय नायिका सुरक्षा पन्तको जन्मदिन

नायिका सुरक्षा पन्तको आज जन्मदिन परेको छ। उनको जन्मस्थान बुटवल हो। सुरक्षा पछिल्लो समय चर्चामा रहेकी नायिकामध्ये एक हुन्।

केपी शर्मा ओलीले नागरिक स्वतन्त्रतामाथि प्रहार : डा. केसी

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री भएदेखि नै केपी शर्मा ओलीले नागरिक स्वतन्त्रतामाथि प्रहार गरिरहेको आरोप लगाएका छन्। शनिबार माइतीघर मण्डलामा ‘अहिंसात्मक नागरिक प्रदर्शन’लाई सम्बोधन गर्दै डा. केसीले प्रधानमन्त्री ओलीबाट प्रजातन्त्रको मूल मर्म वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने काम भएको बताए।

गाउँपालिकाले बालबालिकालाई शैक्षिक सामग्री वितरण

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का अवसरमा देवघाट गाउँपालिकाले बाल विकास केन्द्रका बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरेको छ ।

उदयपुरका होटलहरुलाई गुणस्तर लोगो प्रदान

उदयपुरका दर्जन होटललाई गुणस्तर लोगो प्रदान गरिएको छ । खाद्यान्न गुणस्तर कायम गरेका सदरमुकाम गाईघाटमा सञ्चालित अगुवा होटलहरुलाई खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरले लोगो प्रदान गरेको हो ।

वैशाखमा निर्वाचन हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताउनुभएको छ । काठमाण्डौ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो ।

ओली समूहको जनसभा विराटनगरमा सुरू

नेकपा केपी ओली समूहको जनसभा विराटनगरमा सुरू भएको छ। विराटनगरका विभिन्न नाकाबाट जनसभामा सहभागी हुन जुलुसहरू सभास्थल तर्फ लागिरहेका छन्। जनसभामा सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको समर्थनमा नारवाजी गरेका छन्।

बच्चाको उत्कृष्ट विकासका लागि हजुरबुवा–हजुरआमा अत्यावश्यक

आफ्नो हजुरबुवा–हजुरआमासँग बिताएका पल हाम्रो जीवनको सबैभन्दा अविष्मरणीय पलमध्येको एक हुन्छ । हजुरबुवा–हजुरआमाले सबैको बालापनलाई सुखद बनाउन एउटा महत्वपूर्ण भूमिका निभाएका हुन्छन् ।

जि ७ का नेताहरुको जि २० समूहसँग मिलेर काम गर्ने प्रतिबद्धता

विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् ।

शनिबार जन्मेका मानिसको स्वभाव र गुण कस्तो हुन्छ ? हेर्नुहोस्

ज्योतिषशास्त्रअनुसार मानिसहरुको बानी व्यवहार उसको जन्मेको बार अनुसार थाहा पाउँने बताइएको छ । त्यस्तै ज्योतिषशास्त्र अनुसार शनिबार जन्मने मानिस बुद्धिमान हुन्छन् भन्ने पनि मानिएको छ ।

सवारी दुर्घटनामा ग्लोबल आइएमइ बैंकका शाखा प्रमुखको मृत्यु

पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।

विश्वको नेतृत्व गर्न अमेरिका पूर्ववत् स्थितिमा फर्किएको छ : विदेशमन्त्री ब्लिङ्कन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताउँदै महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको बताएका छन्।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी रहेका छन् ।

शहरभित्र शहर बनाउँदै भरतपुर महानगरपालिका

जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यवसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यवसायिक भवन बनाउन लागिएको हो ।

मकवानपुरमा निर्वाचन तयारी पूरा

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ ।

लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा

लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा पुगेको छ ।लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ३–२ ले पराजित गर्दै लियोन शीर्ष स्थानमा पुगेको हो ।

आज फागुन ८ गते शनिबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति २०७७ साल फागुन ८ गते शनिबार। तपाईंको राशिफल

[sidebar name="button post"]